गाउँपालिका प्रमूखले बलात्कारमा मिलापत्र गराउन खोजेपछि

Gang Rape
लाेकपाटी न्यूज
0 Shares

कपिलवस्तु ११ पुस । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाकी एक किशोरीमाथि भएको बलात्कारको घटनालाई मिलाउन सोही गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले दवाव दिएको घटनाको नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले निन्दा गरेको छ ।

पीडितका बुबाका अनुसार छोरीलाई कुटपिट गरी करणी गर्नेलाई कारवाही हुनुपर्ने माग गर्दै प्रहरीमा जाहेरी दिन जाँदा शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले पैसा लिएर घटना मिलाउन दवाव दिएको गुनासो गरे ।

बलात्कारको घटनाको आरोपमा प्रहरीले सोलिन्दर अहिरलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि गाउँपालिका अध्यक्षका कारण अनुसन्धानमा समस्या उत्पन्न भएकाले अनुसन्धानमा कुनै प्रकारले दवाव सिर्जना नगर्न नगराउन सम्बन्धित सबै पक्षसँग ‘नेपाल एक्रा एजुकेशनल फाउण्डेशन’ले अपील गरेको छ ।

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीसँग आग्रह गरे । उनले कानूनले नै जघन्य मानेका फौजदारी प्रकृतिका कसुरलाई मेलमिलापमा लानै नमिल्ने र सो कार्य गर्ने गराउने कार्य पनि अपराध भएको बताए ।

मुलुकी अपराध (सहिंता) ऐन २०७४ को भाग २ को परिच्छेद १८ को करणी सम्बन्धि कसुरको महलको दफा २१९ को उपदफा ३ (ङ) मा १८ बर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेको ठहर भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था रहेको बंशकारले बताए ।

स्थानीय तहका जनप्रतिनिधिले कस्ता मुद्दा मिलाउने भन्ने विषयमा गम्भिर रुपमा जानकारी हासिल नगरेकै कारण आफनो क्षेत्राधिकार बाहिरका मुद्दामा हस्तक्षेप गर्दा बिभिन्न समस्या सिर्जना हुने गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्