चलचित्र प्राविधिक संघको अध्यक्षमा लामा

NEFTA
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ पुस । प्राविधिकहरुको छाता संगठन ‘नेपाल चलचित्र प्राविधिक संघ’ (नेफ्टा)ले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

बुधबार राति भएको निर्वाचनबाट अध्यक्ष पदमा पुष्कर लामा निर्विरोध निर्वाचित भएका छन् । प्राविधिक संघको नयाँ नेतृत्वको उपाध्यक्षमा विनोद लामा र अर्जुनप्रसाद पोखरेल विजयी भएका छन् । उनीहरुले क्रमश: १३३ र १०८ मत ल्याए भने प्रतिद्वन्द्वी गणेश सापकोटाले ८२ मत पाउँदा बालदिप राईले ८४ मत प्राप्त गरे ।

महासचिवमा शालिकराम दुलाल १२१ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी नविन पुरीले १०२ तथा कुमार शिलवालले २३ मत प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्षमा सुष्मा पौडेल निर्विरोध चयन भइन् । नेफ्टाको दिव्यराज सुवेदी ९० मतका साथ सचिवमा विजयी भए भने उनका प्रतिद्वन्द्वी हरि शिलवाल र युवराज कार्कीले क्रमश: ५७ र ८६ मत पाए ।

यस्तै, सदस्यहरुमा रामेश्वर कार्की, पिताम्बर पाण्डे, देवीप्रसाद दाहाल, शोभा श्रेष्ठ, नवराज उप्रेती, देवराज गुरुङ, कृष्णबहादुर थापा, खालीद खान ‘साहिल’, दुर्गाप्रसाद पौडेल, सरोज बुढाथोकी, कमल प्रसाद मिश्र र माधव प्रसाद थपलिया विजयी भएका छन् ।

वि.सं. २०५६ सालमा स्थापना भएको नेफ्टाले चलचित्र क्षेत्रका पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको हक अधिकारको लागि काम गर्दै आएको छ ।

संघले नेपालको प्रतिष्ठित अवार्ड ‘नेफ्टा अवार्ड’ पनि सफलतापूर्वक गर्दै आएको छ । यो अवार्ड प्राय: नेपालीहरुको बाहूल्यता रहने विदेशी भूमिमा हुने गर्छ । हालसम्म नेफ्टाले नवौं संस्करणसम्मको अवार्ड गरिसकेको छ भने दशौं संस्करणको अवार्ड समारोह चाँडै नै हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्