अब उपत्यकाको ट्राफिक व्यवस्थापन ड्रोनले गर्ने

drone01
फाइल फोटो
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ पुस । काठमाडौं उपत्यकामा अब ड्रोनले ट्राफिक व्यवस्थापन गर्ने भएको छ । उपत्यकाका मुख्य व्यस्त चोकको ट्राफिक व्यवस्थापन गर्न ड्रोन प्रयोग गर्ने तयारी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

महाशाखाले ट्राफिक व्यवस्थापनका लागि ड्रोन उडाउने प्रारम्भिक तयारी गरिसकेको छ । यसै क्रममा बुधबार थापाथली चोकमा ड्रोनको परीक्षण उडान सकेको महाशाखाले जनाएको छ ।

हाल महाशाखाले ‘सीसीटीभी’ माध्यमबाट ट्राफिक व्यवस्थापन गरिरहेको छ । यसले मात्र ट्राफिक व्यवस्थापन जटिल बनेकाले महाशाखाले सवारी आवागमनलाई सहज बनाउन नयाँ प्रविधि भित्र्याउँदै ड्रोनले ट्राफिक व्यवस्थापन गर्न लागेको हो ।

सीसीटीभीले सडकको अगाडिको भागमा रहेका सवारी साधनको मात्र निगरानी राख्न सक्छ । सडकको बीच भागमा सवारीको पङ्क्ति नमिल्दा बीचमा खाली ठाउँ रहे पनि सवारी जामको लाइन लामो हुने गरेको ड्रोनको प्रयोग गर्न लागिएको महाशाखाका एसएसपी बसन्तकुमार पन्तको भनाइ छ ।

प्रारम्भिक चरणको अध्ययन सकेपछि कुन कुन चोकमा ड्रोन आवश्यक छ भन्ने तथ्याङ्क निस्किने छ । अध्ययनपछि नयाँ वानेश्वर, महाराजगञ्ज, कोटेश्वर, कलङ्की, चावहिल, सूर्यविनायक, सातदोबाटोलगायतका व्यस्त र मुख्य चोकमा आवश्यक संख्याका ड्रोनले निगरानी गर्ने महाशाखाको तयारी छ ।

ड्रोनले सडकको अवलोकन गरेर ट्राफिक प्रहरीलाई सूचना दिन्छ । यसरी ड्रोनको प्रयोगबाट ट्राफिक जाममा खर्च हुने समय बचत हुने महाशाखाको दाबी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्