रहेनन् आर्सनलका पूर्वअध्यक्ष पिटर

Peter Hill
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । आर्सनलका पूर्वअध्यक्ष पिटर हिल उडको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उनी सन् १९८२ मा इंग्लिस क्लब आर्सनलका अध्यक्ष बनेका थिए । उनले स्वास्थ्य समस्याका कारण सन् २०१३ मा पदबाट राजीनामा दिएका थिए ।

उनको कार्यकाल सफल मानिन्छ किनकी त्यसबेला आर्सनलले पाँचवटा प्रिमियर लिग, पाँचवटा एफए कप जितेको थियो । त्यस्तै उनकै कार्यकालमा आर्सनलले लिग कप र युरोपियन कप पनि जितेको थियो ।

उनका पत्नी र तीन छोराछोरी छन् ।