कुश्मामा बन्यो अर्को लामो झोलुङ्गे पुल (फोटोफिचर)

Bridge in Kusma
लाेकपाटी न्यूज
0 Shares

पर्वत, १४ पुस । नेपालकै अग्ला र लामा पुलै पुलहरुको सहर बन्दै गएको पर्वतको कुश्मामा फेरि पनि अर्को झोलुङ्गे पुलले चर्चा पाएको छ ।

कुश्माबजारमा फ़ेरि अर्को पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । कुश्माको खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने अग्लो र लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

पुलको स्टिल डेक बिच्याउने काम अन्तिम चरणमा पुगेको बताइएको छ । कुल ३ सय ५९ मिटर लम्बाई रहेको सो पुलको उचाई मोदी खोलाको किनारदेखि १ सय २८ मिटर रहेको छ ।

यस झोलुङ्गे पुलको निर्माणले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने स्थानीयले विश्वास लिएका छन् । 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्