को हुन् पिताको विरासत धान्ने शेख हसिना ?

Sheikh Hasina
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । शेख हसिना बंगलादेशको वर्तमान प्रधानमन्त्री हुन् । उनको जन्म २८ सेप्टेम्बर १९४७ मा भएको थियो । उनी बंगलादेशको नवौं राष्ट्रिय संसद्को सरकारी पक्षको प्रधान तथा बंगलादेश अवामी लिगकी नेत्री हुन् । उनी बंगलादेशलाई महान् स्वाधीनता संग्रामको प्रमुख नेता तथा बंगलादेश सरकारका प्रथम राष्ट्रपति जनक बंगबन्धु शेख मुजीबुर्रहमानकी छोरी हुन् ।

उनको पिता, माता र तीन भाई सन् १९७५ को एक सैन्य कारबाहीमा मारिएका थिए । उक्त कारबाहीपछि पनि उनले राजनीतिक सफलता सजिलैसँग हात पारिनन् । उनले ८० को दशकमा बंगलादेशमा जनरल इरशादको सैनिक शासनविरुद्ध आवाज उठाइन् । जसकारण उनी धेरैपटक जेलसमेत जानुपर्‍यो । जनरल इरशादपछि उनले जनरलकी पत्नी बंगलादेश नेशनलिस्ट पार्टीकी खालिदा जियासँग कडा टक्कर गरिन् । लामो समयसम्म लडिरहिन् ।

सन् १९९६ मा शेख हसिनाले चुनाव जितिन् र लामो समयसम्म देशमा शासन चलाइन् । त्यसपछि उनले विपक्षीमा पनि आफूलाई उभ्याउनुपर्‍यो । उनीमाथि एकपटक ज्यान लिने हमला पनि भयो । त्यसमा उनी बाँचे पनि अन्य बीस जनाभन्दा बढीले ज्यान गुमाए । एकपटक उनी ठूलो राजनीतिक संकटमा फसिन् । देशको बागडोर सेना समर्थित सरकारले सम्हाल्यो ।

उक्त सरकारले शेख हसिनामाथि भ्रष्टाचारको आरोप लगायो र उनको धेरैजसो समय जेलमै बित्यो । यसैबीचमा उनी उपचारका लागि भन्दै अमेरिका पनि गइन् । केहीले जेलबाट बच्न उपचारको बहानामा अमेरिका भासिएको समेत भने । कतिपयले उनी बंगलादेश फिर्ता हुँदिनन् भन्दै आशंका व्यक्त गरेका थिए । तर, उनी फर्किइन् । दुई वर्षको सैनिक शासनसमेत सात वर्षपछि उनले सन् २००८ मा भएको संसदीय चुनावमा विजय हासिल गरिन् ।

त्यसपछि उनले बंगलादेशको शासन सत्ता चलाइरहेकी छन् । बंगलादेशमा भोलि अर्थात् आइतबार आमनिर्वाचन हुँदैछ । जहाँ शेखलाई बलियो अवस्थामा लिइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्