हृदयका आवाजको साधारण सभा

48918885_336401340622303_8723982329489391616_n
लाेकपाटी न्यूज
0 Shares

पोखरा । ‘खुशी जीवन स्वच्छ समाज, खुलेर निकालौं हृदयको आवाज’ भन्ने नारासहित स्थापित हृदयको आवाज संस्था पोखरा माहानगरपालिका १६ बाटुलेचौरको प्रथम साधारण सभा स्म्पन्न भएको छ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले हृदयका आवाज संस्थाको स्थापनाले वडामा महिलाहरुको क्षमता विकासका साथै विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेमा आफू आशावादी रहेको बताउँदै वडा कार्यालयको संस्थाप्रति सधैं सहयोग रहने बताए ।

कार्यक्रममा महिला उद्यमी पम्फा देवकोटालाई सम्मान गरिएको छ । देवकोटा द्वीप आइसक्रीम कम्पनी पोखरा २६ कि सञ्चालिका हुन् । देवकोटाले श्रीमानबाट धेरै पीडा पाए पनि आफू कहिले हिम्मत नहारी आफ्नो कर्ममा लागेको बताइन् ।

कार्यक्रमा कृषि विज्ञ बेलीबहादुर बस्नेत, जिल्ला समन्वय समिति कास्कीका सदस्य गोमादेवी गौतम, हिमालयन क्लबका अध्यक्ष मोहन थापा, अम्बिका आमा समूहकी अध्यक्ष लक्ष्मी देवकोटा, पोखरा आमा समूहकी प्रतिनिधि दुर्गा थापा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्