‘काठे पुल तर्दा पनि गाउँपालिकाको कर’

patrapatrika
लाेकपाटी न्यूज
0 Shares

धनगढी, १५ पुस । जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवतजावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको छ ।

स्थानीय तह बनेपछि करको भार बढेको जनगुनासो आइरहेको बेला कैलारी नगरपालिकाले काठे पुल तर्दा कर लिन लागेको हो । करको विषयलाई लिएर स्थानीयले असन्तुष्टिसमेत जनाउन थालेका छन् ।