सेयर बजारमा दोहोरो अंकको गिरावट कति पुग्यो ?

Share Market
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ पुस । गत साता निकै उकालो लागेकोे सेयर बजार यो साताको पहिलो कारोबारमा नै दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसुचक १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा झरेको छ ।

आज कुल १ सय ६८ कम्पनीको १२,३६,३४३ कित्ता सेयर खरिद बिक्री भएको छ भने ४५ करोड ४२ लाख ८४ हजार रुपैयाँ भन्दा बढीकोे कारोबार भएको छ ।

सबै भन्दा बढी कारोबार हुनेमा नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ३ करोड ८४ लाख ५५ हजार ६ सय ८४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यसैगरि माल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । जसको सेयर मुल्य ९.४३ प्रतिशतले बढेको छ भने काबेली विकास बैंकका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । बैकको सेयर मुल्य ९.४४५८८ प्रतिशतले घटेको छ ।

यसैगरि आईतबार नेप्सेमा सुचिकृत ११ वटा कम्पनीहरु मध्ये ३ वटा समुह देखी बाहेक सबै समुहको परिसुचक घटेको छ । समुह बढाउनेमा होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समुह रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्