सहकारी बोर्डको सदस्य सचिवमा पराजुली

Cooprative board
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । राष्ट्रिय सहकारी बोर्डको सदस्य सचिवमा चक्रबहादुर पराजुली नियुक्त भएका छन् । आइतबार पराजुलीले आफ्नो पद बहालीसमेत गरेका छन् ।

स्याङ्जाको वालिङका स्थानीय बासिन्दा रहेका पराजुली सहकारीका विज्ञ मानिन्छन् । तीन दशकदेखि वामपन्थी राजनीतिसँग निकट रहेका पराजुली पूर्वएमाले निकट किसान संगठनमा समेत आवद्ध थिए ।

पराजुली नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य पनि हुन् । १० वर्ष शिक्षण पेशामा आवद्ध भएका उनी मनमोहन अधिकारीको सरकारका पालामा सुकुम्बासी समस्या समाधान आयोगको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

पराजुलीसँग कृषि अनुसन्धान परिषदको बोर्ड सदस्य भएर काम गरेको अनुभव पनि छ । तीन दशकदेखि सहकारी आन्दोलनमा क्रियाशील पराजुली सहकारी सम्बन्धि अध्ययनका निम्ति ‘इ–कमर्स’को अन्तर्राष्ट्रिय कार्यशालामा प्रतिनिधित्व गर्ने गरेका छन् ।

सहकारी आन्दोलन र वाम राजनीतिलाई नजिकबाट नियालेका पराजुली भद्र स्वभावका छन् । निष्कलङ्कित स्वाभावका पराजुलीलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले सदस्य सचिवमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्