बंगलादेशको प्रधानमन्त्रीमा हसिना विजयी

SHEIKH-HASINA-3
लाेकपाटी न्यूज
0 Shares

पुस १६ । बंगलादेशको प्रधानमन्त्री शेख हसिना वाजिद चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन् ।

उनी नेतृत्वको सत्तारुढ अवामी लिगले संसदको हिजो भएको निर्वाचनमा ३ सयमध्ये २ सय ८१ सिटमा जित हात पारेपछि हसिना चौथो कार्यकालका लागि निर्वाचित भएकी हुन् । संसदको ३ सय ५० सिटमध्ये ५० सिटमा भने महिला प्रतिनिधि मनोनित हुने व्यवस्था छ ।

निर्वाचनमा सत्तारुढ अवामी लिगका तर्फबाट हसिना र प्रतिपक्षी बंगलादेश नेश्नलिष्ट पार्टीबाट पूर्व प्रधानमन्त्री खालिदा जियाले प्रधानमन्त्रीमा उम्मेद्वारी दिएका थिए । मुस्लिम धर्मावलम्बी बाहूल्य बंगलादेशमा मुलुकभरका ४० हजार १ सय ९९ मतदान केन्द्रमा १० करोड जना मतदानमा सहभागि भएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि निर्वाचनका क्रममा विभिन्न स्थानमा भएको हिंसाका क्रममा १७ जनाको मृत्यु भएको छ । बिभिन्न स्थानमा आगजनी तथा तोडफोड भएको छ । बंगलादेश सरकारले करिब ६ लाख सुरक्षाकर्मी खटाए पनि हिंसा नियन्त्रणमा असफल भएको पर्यवेक्षकहरुले दावी गरेका छन् ।

यो पनि पढ्नुहोस् :

को हुन् पिताको विरासत धान्ने शेख हसिना ?

दुई ‘झगडालु बेगम’को भिडन्त, कसले मार्ला बाजी ?

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्