जापानद्वारा नेत्रज्योति सङ्घलाई आर्थिक सहयोग

japan-flag-_1
लाेकपाटी न्यूज
0 Shares

गाईघाट, १६ पुस । त्रियुगा नगरपालिकाको पुरानो भवनमा भाडामा सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले अब आफ्नै नयाँ भवनमा सङ्घ सञ्चालन गर्ने भएको छ ।

निर्माणाधिन नेत्रज्योति सङ्घको नयाँ भवनका लागि जापानी राजदूतावासले रु ९० लाख ५० हजार आर्थिक सहयोग दिने भएको छ ।
दूतावासको तर्फबाट नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर भएको हो ।

सहमति अनुसार ८१ हजार १ सय ९२ अमेरिकन डलर अर्थातरु ९० लाख ५० हजार आर्थिक सहयोगकागि सहमति पत्रमा हस्ताक्षर भएको अध्यक्ष राउतल जानकारी दिएका छन् । जापानी दूतावासको सहयोगबाट ३ तले भवनको निर्माण सम्पन्न हुने भएकोसङ्घका प्रतिनिधि बताउँछन् ।

सङ्घकी उपाध्यक्ष सृजना दनुवारका अनुसार २८ कोठासहितको उक्त भवन यसै वर्षको चैतसम्ममा निर्माण सम्पन्न भई आगामी वर्षदेखि सञ्चालनमा आउने छ ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको सहमति र सहयोगमा २०६५ सालदेखि स्थापना भई सञ्चालन हुँदै आएको नेत्रज्योति सङ्घ उदयपुरले हालसम्ममा एक लाख २६ हजार ८३२ आँखाको बिरामीको उपचार गरेको छ । आगामी वर्षदेखि जलबिन्दु, मोतियाबिन्दु जस्ता रोगको समेत शल्यक्रिया सेवा सञ्चालन गर्ने भएको छ ।

सङ्घको नयाँ भवन निर्माणको लागि मञ्जुकुमारी चौधरीबाट रु ४० लाख, नेपाल सरकारबाट रु ५० लाख, त्रियुगा नगरपालिका र अन्य दाताबाट रु १ करोडसहित जापानी दूतावासको आर्थिक सहयोगसहित रु ३ करोडभन्दा बढीको आर्थिक सहयोग उठेको छ ।

हाल नेत्रज्योति सङ्घ उदयपुरमा उदयपुर खोटाङ,भोजपुर क्षेत्रका सोवग्राहीले आँखा उपचारको सेवा लिँदै आएको नेत्रज्योति सङ्घ उदयपुरका प्राविधिक प्रमुख डाक्टर डुल्लीराज तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्