घुस्याहा खरिदार प्रहरी खोरमा

Jail
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेललाई रु. १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि सोमबार सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्