‘आशा जनाउने पत्रकारिता गर्नुस्’ : पोख्रेल

Shankar-Pokhrel-1-1
लाेकपाटी न्यूज
0 Shares

नारायणपुर, १६ पुस । प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनतामा निराशा पैदा गर्ने समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

दाङको घोराहीबाट प्रकाशित गणतन्त्र दैनिकको १२ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले जिम्मेवारीपूर्वक पत्रकारिता गर्न सञ्चारकर्मीलाई अनुरोध गरे । लोकतन्त्रको महत्वपूर्ण आधार मानिने सञ्चार जगत्ले यथार्थता बङ्ग्याएर जनतामा निरासा पैदा गर्ने सामग्री प्रकाशन गरिरहेकाले सत्यतथ्य सामग्री प्रकाशन गरी राज्यको चौथो अङ्गको जिम्मेवारी वहन गर्न उनले जोड दिए ।

मुख्यमन्त्री पोख्रेलले भने, “सरकारले गरेका राम्रा कामहरुलाई लुकाएर जनतामा भ्रम र निरासा फैलाउने काम सञ्चार जगतले गरिरहेको छ, यसलाई तुरुन्त रोकेर जिम्मेवारपूर्ण पत्रकारिताको थालनी गर्नुहोस् ।”

प्रदेश नं. ५ को सरकारले सञ्चार नीति बनाएको उल्लेख गर्दै उनले सञ्चार आचारसंहिताको पालना गरी पत्रकारिता गर्न सबैलाई आग्रह गरे । उनले भने, “संविधान जारी भएपश्चात् मुलुकमा आर्थिक वृद्धि बढिरहेको छ, यसलाई बढाउँदै लैजाने सरकारको यात्रा जारी छ, यस्तो अवस्थामा निरासाका कुरा मात्रै सञ्चारले प्रेषण गरेको पाइन्छ ।”