चिनियाँ राष्ट्रपतिको आदेश : ‘युद्धका लागि तयार हुनुस्’

Xi Jinping-1
लाेकपाटी न्यूज
0 Shares

बीबीसी । चीनका राष्ट्रपति सी चीनफिङले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितिका लागि तयार हुनुपर्ने बताएका छन् ।

शुक्रबार सेन्ट्रल मिलिट्री कमिशन (सिएमसी) को बेइजिङमा भएको बैठकमा कशिशनका अध्यक्ष सी चीनफिङले देशमा विभिन्न प्रकारको खतरा बढिरहेकाले अधिकारीहरु सतर्क हुनुपर्ने बताएका छन् ।

द ग्लोबल टाइम्समा छापिएको एक खबरअनुसार शुक्रबार भएको बैठकमा सी चीनफिङले भने, ‘संसारमा यस्ता विभिन्न परिवर्तन भइरहेका छन्, जुन पछिल्लो एक शताब्दीमा भएका थिएनन् र चीन अहिले पनि त्यही अवस्थामा छ जहाँ विकासको रणनीतिक अवसर चीनका लागि महत्वपूर्ण छ ।’

पत्रिकाका अनुसार उनले सैनिकको तालिमका लागि आवश्यक एक आदेशमा पनि हस्ताक्षर गरेका छन् । यस्तै, साउथ चाइना मर्निङ पोष्टले चीनफिङको भनाई उद्धृत गर्दै लेखेको छ, ‘सबै सैनिकले राष्ट्रिय खतरा र विकासको धारालाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ र जस्तोसुकै स्थितिका लागि तयार हुनुपर्छ ।’

युद्धका लागि किन दिए आदेश ?

‘द ग्लोबल टाइम्स’ले रक्षा मामलाका जानकार सोंग जोंगपिंगलाई उद्धृत गर्दै लेखेको छ, ‘उक्त आदेशमा भनिएको छ कि पिपल्स लिबरेशन आर्मीले चीनको स्थापना दिवसको ७० औं वर्षगाँठको अवसरमा थियानमेन चोकमा सैन्य परेडको आयोजना गरिनेछ, जसमा पिएलको सही युद्ध क्षमतालाई प्रदर्शन गरिने छ ।’

उनका अनुसार यो मौकामा सेनाको यस्तो झलक देख्न पाइनेछ जसले युद्ध जित्ने क्षमता राख्छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिति मात्र नभई नियन्त्रण पनि बढाउन चाहन्छ । अमेरिकासँग व्यापार युद्धको विषयमा र ताइवानसँग पनि चीनको सम्बन्ध तनावग्रस्त छ ।

Xi and trump

चीन र अमेरिका संसारका दुई सबैभन्दा ठूला अर्थव्यवस्था हुन् र संसारको बजारमा आफ्नो अधिकारका लागि एक प्रकारको परोक्ष लडाईं लडिरहेको छ । दुवै एक अर्काको आयातमा अतिरिक्त शुल्क लगाइरहेका छन् ।

सी चीनफिङले बैठकमा भने, ‘आपत्कालीन स्थितिमा सेनाले तुरुन्त प्रतिक्रिया देओस् र यसका लागि ऊ तयारी अवस्थामा हुनैपर्छ । हामीले साझा अभियानको क्षमता पनि बढाउनुपर्छ र युद्धको नयाँ तरीकाका लागि तयार हुनुपर्छ ।’

चीनको सेन्ट्रल मिलिट्री कमिशनले सैन्य इकाइबीच सार्वजनिक गतिविधि गराइरहेको यो दोस्रोपटक हो । यसअघि गत वर्ष जनवरी ३ तारिखमा पहिलोपटक यस्ता क्रियाकलाप भएका थिए ।

यद्यपि, रक्षा विशेषज्ञ जिनपिंगले सेनाको मनोबल बढाउन र संसारलाई आफ्नो सैन्य ताकतको महसुस गराउनका लागि यस्तो भनिएको बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्