शिक्षामा सूचना प्रविधिको प्रयोग कसरी गर्ने ? (आयोगका १५ सुझाव)

Girirajmani pokhrel
लाेकपाटी न्यूज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा सूचना र प्रविधिको व्यवस्था र प्रयोगबारे १५ सुझाव दिएको छ ।

शिक्षामन्त्री गीरिराजमणि पोखरेलको अध्यक्षतामा गठित समितिले शिक्षालाई सूचना र प्रविधिसँग जोड्नुपर्ने आवश्यकतालाई बोध गरी सुझाव दिएको हो । आयोगद्वारा तयार गरिएको प्रतिवेदनमा यस्ता छन् सूचना र प्रविधि सम्वन्धि १५ सुझाव ।

सूचना तथा सञ्चार प्रविधिको विकास तीव्र गतिमा भएकाले विश्व नै एउटा गाउँमा परिणत भइरहेको परिपेक्षमा हाम्रो समाजमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले २१ औं शताब्दीको समाजमा टिक्न र सिक्न सक्ने जनशक्ति विकास गर्नका लागि निम्नानुसारका कार्य गर्नुपर्दछ ।

१. शिक्षण सिकाइमा सूचना तथा प्रविधिको प्रयोग र उपयोग प्रति स्वउत्प्रेरित र जागरुक भई नवीन प्रविधिको खोज र प्रयोग गर्न सक्षम शिक्षण जनशक्ति विकास गर्नुपर्ने ।

२. शैक्षिक संस्थाहरुमा निशूल्क रुपमा उच्च गतिको इन्टरनेट सेवाको विस्तार गरी विद्यार्थी संख्याको आधारमा सूचना तथा तथा प्रविधि प्रयोगशालाको विकास गर्नुपर्ने ।

३. प्रधानाध्यापक र अभिभावकहरुका लागि पाँच दिनको सूचना तथा सञ्चार प्रविधि साक्षरता सम्वन्धि तालिम, शिक्षकहरुका लागि एक महिना अवधिको शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्वन्धि तालिम र डिजीटल, अनलाइन तथा वेभमा आधारित शिक्षण सिकाइ सामग्रीको विकास तथा प्रयोग गने जनशक्ति विकास गर्नका लागि पाठ्यक्रम अधिकृत, तालिम प्रशिक्षकहरु, प्राध्यापकहरुका लागि ६ महिना अवधिको तालिम सञ्चालन गर्नुपर्ने ।

४. पाठ्यक्रम विकास केन्द्रले अन्तरक्रियात्मक डिजीटल, अनलाइन तथा वेभमा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री र शिक्षक तालिम प्रदायक निकायले अन्तरक्रियात्मक डिजीटल, अनलाइन तथा वेभमा आधारित शिक्षण सिकाइ तथा तालिम सामग्रीको विकास गर्नुपर्ने ।

५. संघीय तथा प्रादेशिक स्तरमा रहने पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक तालिम प्रदायक निकायले e-library, online library, virtual lab, online assessment, e-portfolio, ICT integrated lesson plan, Subject specific teaching tools, Podcast, EDUCAST, Makerspace, Teaching learning based APPs जस्ता शिक्षण सिकाइका नमूना सामग्रीहरुको विकास गर्नुपर्ने ।

६. वर्तमान अवस्थामा सञ्चालित खुला विद्यालय र खुला विश्वविद्यालयलाई क्रमशः भर्चुअल विद्यालय र भर्चुअल विश्वविद्यालयको रुपमा विकसित गर्नुपर्ने ।

७. प्रभावकारी शिक्षण, प्राध्यापन, प्रशिक्षण, अनुगमन मूल्याङ्कन तथा सुपरिवेक्षण पद्दतिको विकास गर्न संघीय तथा प्रदेशस्तरमा भर्चुअल शिक्षक, प्राध्यापक, प्रशिक्षक, अनुगमनकर्ता, निरीक्षक तथा सुपरीवेक्षकको विकास गर्नुपर्ने ।

८. विद्यालय तथा क्याम्पसहरुलाई क्रमशः पेपररहित शिक्षण सिकाइ सामग्री र पेपररहित सञ्चार गृहको रुपमा विकास गर्नुपर्ने ।

९. संघीय र प्रदेशस्तरमा अनलाइनमा आधारित शैक्षिक रेडियो तथा टेलिभिजन च्यालनको स्थापना गर्नुपर्ने । यस्ता संस्थाहरुले सूचना तथा सञ्चार प्रविधि सम्वन्धि शैक्षिक कार्यक्रम तथा आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने ।
१०. संघीय र प्रदेशस्तरमा अनलाइनमा आधारित शैक्षिक सूचना व्यवस्थापन प्रणालीको विकास गर्नुपर्ने ।

११. वैज्ञानिक अनुसन्धान तथा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्षम र योग्य शिक्षक तथा प्रशिक्षकको विकास गर्नका लागि वेभसाइट, अनलाइन ट्यूटोरियल, छलफल गर्ने फोरम, सिम्युलेशन, भर्चुअल इमेजिङजस्ता नवीनतम् प्रविधियुक्त पेशागत क्षमता विकासका कार्यहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने ।

१२. सिकारु केन्द्रित शिक्षण सिकाइ प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि Ubiquitous Learning (U-Learning) व्यक्तिसँग सहजै उपलव्ध हुन सक्ने सामग्रीहरू जस्तै ट्यावलेट, स्मार्ट फोन, मोवाइल इत्यादिको प्रयोग गर्नमा जोड दिनुपर्ने ।

१३. विद्यालय शिक्षामा कक्षा एकदेखि नै सूचना तथा सञ्चार प्रविधिलाई विषय र शिक्षण सिकाइको माध्यमको रुपमा प्रयोग गर्नुपर्ने ।

१४. विश्वविद्यालयहरुले नियमित रुपमा पाठ्यक्रमको अद्यावधिक गरी सूचना तथा सञ्चार प्रविधि सम्वन्धि शैक्षिक कार्यक्रम सञ्चालन गरेर दक्ष र सिपालु जनशक्तिको विकास गर्नुपर्ने ।

१५. शिक्षालयहरुमा इन्टरनेटको प्रयोग गर्दा यसको दूरुपयोग र साइबर बुलिङसमेत हुने भएकाले शिक्षालयमा इन्टरनेटको प्रयोग र साइवर अपराधको बारेमा प्रष्ट कानूनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्