संसदमा काँग्रेसको नाराबाजी

Rostam Gherau
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्न नपाएको भन्दै नेपाली काँग्रेसका सांसदहरुले संसदमा नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार संसदमा लगभग एक घण्टा लामो सम्बोधन गरे । उनले सम्बोधनको क्रममा विपक्षीहरुले उठाएका प्रश्नको उत्तर दिनुका साथै सरकारका प्रगतिको फेहरिस्त सुनाएका थिए ।

उनको सम्बोधनपछि नेपाली काँग्रेसका सांसदहरुले प्रश्नोत्तरका लागि समय माग गरे । तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्तीले दिएको वक्तव्य
सरकारको काम र कर्तव्यसँग सम्बन्धित वक्तव्य भएको र प्रश्नोत्तर गर्न नमिल्ने बताए । त्यसपछि काँग्रेसका सांसदहरुले विरोध गरे ।

काँग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्