वाइडबडी प्रकरण : रवीन्द्रको पत्रकार सम्मेलन, देलान् त राजीनामा ?

Rabindra-Adhikari
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सोमबार १० बजे पत्रकार सम्मेलन गर्दैछन् । उनले मन्त्रालयमा बिहान १० बजे हुने सम्मेलनमा वाइडबडी प्रकरणका बारे जानकारी दिने बताइएको छ ।

संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी प्रकरणमा मन्त्री अधिकारीसहित सात जनालाई दोषी ठहर गरेको र कारबाहीका लागि सिफारिससमेत गरेको थियो । पत्रकार सम्मेलनमा सोही विषयको वरिपरी रहेर उठेका प्रश्नहरुको जवाफ मन्त्री अधिकारीले दिने सचिवालय स्रोतले जनाएको छ ।

उनले आजको पत्रकार सम्मेलनमा राजीनामा दिनसक्ने अनुमान लगाइरहँदा स्रोतले भने उनले वाइडबडी विमान खरिदबारे आममानिसलाई प्रष्ट पार्न खोजेको बताएको छ ।

वाइडबडी खरिद प्रकरणका रु. ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर उपसमितिले गरेको छ ।