भारतलाई अष्ट्रेलियामा ऐतिहासिक सफलता

Indian cricketer
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । अष्ट्रेलियाको भूमिमा भारतले ऐतिहासिक सफलता हात पारेको छ । भारतले अष्ट्रेलिया ७२ वर्षपछि टेष्ट सिरिजमा जीत हात पारेको हो । सिड्नीमा भएको चौथो तथा अन्तिम टेष्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । र, भारत टेष्ट सिरिज २–१ ले आफ्नो नाममा लेखाउन सफल भएको छ ।

सिड्नी टेष्टमा १ सय ९३ रन जोडेका चेतेश्वर पुजारा ‘म्यान अफ दी म्याच’ घोषित भए । ‘म्यान अफ दी सिरिज’को अवार्ड पनि पुजाराले नै पाए । पुजाराले चार टेष्टमा ५ सय २१ रन बनाएका थिए ।

भारतले ७२ वर्षको इतिहासमा अष्ट्रेलियाको भुमिमा टेष्ट सिरिज जित्न सकेको थिएन । विराट कोहली कप्तानीको कप्तानीका कारण भारतले ऐतिहासिक सफलता हासिल गरेसँगै उनको प्रशंसा चुलिएको छ ।

एडिलेटमा भएको पहिलो टेष्ट भारतले ३१ रनले जितेको थियो । त्यस्तै पर्थमा भएको दोस्रो टेष्टमा भारतलाई अष्ट्रेलियाले १ सय ४६ रनले पराजित गरेको थियो । मेलबर्नमा भएको तेस्रो टेष्ट १ सय ३७ रनले भारतले जित्यो । र, २–१ ले अगाडी बढ्यो । सिड्नीमा चौथो टेष्ट बराबर भएपछि भारतले सिरिजमाथि कब्जा जमाएको हो ।

पहिलो पालीमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । जसमा भारतले ७ विकेटको क्षतिमा ६ सय २२ बनाएर पाली समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा अष्ट्रेलियाले ३ सय रन मात्र बनाएपछि फलो अनमा परेको थियो । तर, पाँचौ दिन वर्षाका कारण खेल रद्ध भएपछि चौथो तथा अन्तिम टेष्ट बराबरीमा सकिएको हो ।