अक्षय कुमारकाे यस वर्ष ५ फिल्म रिलिज हुने

Akshay kumar
लाेकपाटी न्यूज
0 Shares

मुंबई, २३ पुस । बलिउड अभिनेता अक्षय कुमारले गत वर्ष तीन वटा हिट फिल्म दिएका छन् । यसैकरण पनि २०१८ उनका लागि शुभ रह्यो । अक्षय कुमारद्धारा अभिनीत प्याडम्यान, गोल्ड र २.० ले बक्स अफिसमा राम्रो व्यापार गरे ।

जबकि बलिउडका तिन वटै खान फ्लप रहे । सलमान खान, आमिर खान र शाहरुख खानजस्ता सुपरस्टारका लागि गत वर्ष फिल्म प्रदर्शनका हिसाबले बिर्सन लायक बन्यो ।

सन् १९९१ मा पहिलो चलचित्र ‘सौगन्ध’ रिलिज भएपछि अक्षयको करिअर फर्किएर हेर्नु परेको छैन । कमेडी, एक्सन, रोमान्टिकदेखि हरेक जनराका चलचित्रमा काम गर्न सफल अक्षय आज विश्वकै धनी कलाकारको सूचीमा समेत पर्छन् ।

गत वर्ष मात्र अक्षय अभिनित ३ चलचित्रले सय करोड माथिको व्यापार गरेपछि उनको चर्चा झनै चुलिएको छ । उनका हरेक वर्ष औसत तीन फिल्म रिलिज हुने गरेका छन् । तर सन् २०१२ मा भने उनका ५ फिल्म आएका थिए । यस वर्ष पनि उनका ५ फिल्म रिलिज हुने तयारिमा छन् । २०१९ मा उनका कुन-कुन फिल्म रिलिज हुँदैछन् त ?

१. केसरी

केसरी २०१९ मा रिलिज हुदैँछ । यो फिल्म सन् १८९७ मा ब्रिटिस सेनाको शिख रेजिमेन्ट र अफगान लडाकुहरूबीच भएको लडाइँ (ब्याटल अफ सारागढी) को विषयमा केन्द्रित छ । उक्त युद्धमा २१ शिख जवानले १० हजार अफगान लडाकुलाई हराएको बताइन्छ । केसरीमा अक्षय कुमार शिख फौजका हवल्दार ईश्वर सिंहको भूमिकामा छन् भने फिल्ममा परिणिती चोपडा मुख्य अभिनेत्री छिन् ।

२. मिशन मंगल

मिशन मंगल अन्तरिक्षको विषयमा भारतको पहिलो फिल्म हो । फिल्ममा अक्षय कुमारको साथमा विद्या बालन, सोनाक्षी सिन्हा, शरमन जोशी, नित्या मेनन र तापसी पन्नू प्रमुख भूमिकामा रहेका छन् । यो फिल्म मार्स (आर्बिटर मिशन )मंगलयान० मा आधारित छ ।

३. गुड न्युज

२०१९ मा रिलिज हुने तेस्रो फिल्म हो गुड न्युज । अक्षय कुमारको यस फिल्ममा करिना कपुर, कियारा आडवाणी र दिलजित दोसाझ पनि देखिनेछन् । फिल्ममा बच्चा जन्माउने तयारीमा लागेका एक दम्पतीको कथा प्रस्तुत गरिएको छ । फिल्म आगामी १९ जुलाईमा रिलिज हुनेछ ।

४. हाउसफुल ४

कमेडी जनराको यो फिल्ममा अक्षय कुमारका साथै रितेश देशमुख, बबी देओल, चंकी पाण्डे, कृति सेनन, कृति खरबंदा र पूजा हेगडे पनि देखिनेछन् । फिल्म २०१९ को दिवाली ९२५ अक्टोबर० मा रिलिज हुने बताइएको छ । हाउसफुल सिरिजको पहिलो भाग सन् २०१० मा बनेको थियो । हाउसफुल १,२ र ३ मा लगातार अक्षय कुमार नै छन् ।

५. सूर्यवंशी

सिम्बा फिल्मको अन्त्यमा अक्षय कुमार अतिथि भूमिकामा देखिएका थिए । सूर्यवंशी यही फिल्मको भाग हुनेछ, जुन आउँदो डिसेम्बरमा रिलिज हुनेछ ।

अक्षयका यी ५ फिल्ममध्ये केसरी, हाउसफुल ४ र सूर्यवंशी मसाला फिल्म हुन् । बलिउडका व्यापार विश्लेषकहरूले यी तिन फिल्मबाट राम्रो कमाइको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्