वाईफाई ह्याक कसरी गर्ने ? (तरिकासहित)

internet
लाेकपाटी न्यूज
2 Shares

काठमाडौं । सुचना र प्रविधिको क्षेत्रमा नेपाल फस्टाउँदै गइरहेका बेला प्राय: मानिसहरुले स्मार्टफोनको प्रयोग गरिरहेकै हुन्छन् । स्मार्ट फोन भएपछि थ्री जी वावाईफाईबाट इन्टरनेट चलाउने कुरा कुनै नौलो कुरा हाेइन  तर कहिलेकाँहि बाहिर निस्किँदा अथवा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर धेरै कामहरु रोकिरहेका हुन्छन् ।

कहिले त इन्टरनेट नहुँदा हामी दिक्क मानेर बसिरहेका हुन्छौँ । यस्तो अवस्थामा कसैको वाईफाई पासवर्ड थाहा पाउन पाए हामीलाई पक्कै रमाइलो लाग्छ ।

कलेज, मल वा सिनेमा हलमा वाईफाईका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन । तर हामीले सहजै यस्ता नेटवर्कका पासवर्ड थाहा पाउन सक्छौँ । केहि पब्लिक वाईफाईको पासवर्ड थाहा पाउने तरिका यस्ता छन् ।

१. बेष्ट बाईफाई नेटवर्क ह्याकर

यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाईफाईलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ । प्राय मानिसहरुले यस एपको प्रयागबाट सजिलै बाईफाई ह्याक गरि इन्टरनेट चलाइरहेका हुन्छन् । नेपालमा पनि यो एप पपुलर नै मानिन्छ ।

२. हाऊ टू ह्याक वायरलेस नेटवर्क

यो पनि इन्टरनेट ह्याकर एप नै हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिन्छ । यसले वाईफाई पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।

३. वाईफाई ह्याकर

वाईफाई ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप मानिन्छ । यो एप इन्स्टल गरेपछि ओफन वाईफाई नेटवर्क रेञ्जमा गएर पासवड ह्याक गर्छ । यसले सजिलै हाम्रो इन्टरनेट चलाउने चाहानालाई पूरा गरिरहेको हुन्छ ।

४. ह्याक वाईफाई पासवर्ड

यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध भएको पाइन्छ । यसले केही सेकेण्डमा नै वाईफाई पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । हामीलाई अचम्म लाग्न सक्छ तर अहिलेसम्म १० लाख भन्दा बढी मानिस यो एप इन्स्टल गरिसकेका छन् ।

५. फाइण्ड माइ राउटर्स पासवर्ड

डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप हाम्रालागि निकै फाइदाजनक छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहुँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ ।