मापसेले ११६ नेपालीलाई पुर्‍यायो युएई कारागार

Jail
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ पुस । मादक पदार्थको सेवनका कारण सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएका छन् ।

मादक पदार्थको सेवन, मापसे गरेर सवारी चलाउनु र झैझगडाका कारण १ सय १६ नेपाली कारागारमा रहेको दूतावासले जनाएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली युएईका विभिन्न कारागारमा कैद भुक्तानका क्रममा रहेको पाइएको हो ।

त्यस्तै लुटपाट, चोरी र धोखाधडीको आरोपमा २० नेपाली कारागारमा रहेका छन्। भने साउदी नागरिक तथा अन्य देशका आप्रवासी श्रमिकको हत्या अभियोगमा १२, कार्यस्थलमा अवरोध, विरोध गर्ने अभियोगमा १० र परस्त्रीगमनमा संलग्न भएको अभियोगमा आठ नेपाली काराबासमा सजाय भोगिरहेका छन् ।

फर्जी चेक, काजगपत्र, हस्ताक्षरलगायत अन्य कागजपत्र किर्ते काममा संलग्न ७ जना, लागुऔषधको प्रयोग र तस्करीमा संलग्न ५ जना र अन्य कानूनले वर्जित गरेका गतिविधिमा संलग्न भएको अभियोगमा २२ नेपाली कैदमा रहेका दूतावासले जनाएको हो । २२ नेपाली गलत व्यवहार, अवैध बसोवास, भौतिक सम्पत्ति तोडफोडलगायतमा संलग्न भएको बताइएको छ ।

दूतावासका अनुसार १ सय ८८ पुरुष र १२ महिला कारागारमा रहेका छन्। । सारजाह सेन्ट्रल कारागारमा सात पुरुष र तीन महिला, दुवई सेन्ट्रल कारागारमा ६४ पुरुष र चार महिला, अलअथ्वा सेन्ट्रल कारागारमा ९४ पुरुष र चार महिला तथा अजमान सेन्ट्रल कारागारामा चार पुरुष कैद सजाय भोगिरहेकोे दूतावासले जनाएको छ ।

रसअल खैइमा सेन्ट्रल कारागारमा ४ पुरुष, फुजेरा सेन्ट्रल जेलमा पुरुष र महिला गरी १÷१ तथा अल अइन कारागारमा १४ पुरुष कैद भुक्तानका क्रममा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्