जापानी विदेशमन्त्री आज नेपाल आउँदै

Japanese foreign Minister
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ पुस । दुई दिने औपचारिक भ्रमणका लागि बुधबार जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउँदैछन् । विदेशमन्त्री कोरो परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आज दिउँसो नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार जापानी विदेश मन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको टोली आज नेपाल आउँदै छ । भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार जापानमा नेपालीका लागि रोजगारी खुला भएकाले त्यसको प्रक्रियाका विषयमा पनि छलफल हुनेछ । त्यस्तै नेपाल र जापानबीच हवाई सम्झौता पनि आज हुने बताइएको छ ।

जापानी विदेशमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्