कहिले हुन्छ निःशुल्क प्राविधिक शिक्षाको प्रवेश परिक्षा ?

लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले आवेदन दिनेहररूको प्रवेश परीक्षासम्बन्धी तालिका सार्वजनिक गरेको छ ।

देशभरका दलित, मुस्लिम र विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने कार्यक्रमअन्तर्गत परिषद्ले उक्त तालिका सार्वजनिक गरेको हो ।

प्राविधिक एसएलसी, डिप्लोमा र प्रमाणपत्र तह अध्ययनका लागि प्रवेश परीक्षा माघ १२ गते सञ्चालन हुने परिषद्ले जानाएकोे छ । परीक्षा बिहान सवा १० बजे सुरु हुनेछ भने तोकिएका केन्द्रबाट माघ १० र ११ गते प्रवेशपत्र लिनुपर्नेछ ।

परीक्षामा सहभागी हुने विद्यार्थीले कालो जेल कलमको प्रयोग गर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्