काठमाडौं, ६ माघ । विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई तालीम दिइने भएको छ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठाले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी गरेको हो। पाँचदिने तालीममा परराष्ट्र सेवाका करियर राजदूत र राजनीतिक नियुक्ति दुवैथरि राजदूत सहभागी हुने प्रतिष्ठानले जनाएको छ भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।
आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनुपर्ने जिम्मेवारी, कूटनीतिक आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकताजस्ता पक्षमा केन्द्रित रहेर प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ। प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो।
सरकारले इजरायलका लागि डा. अञ्जाल शाक्यलाई राजदूत नियुक्त गरिसकेको छ भने भारतका लागि पूर्वराजदूत एवं पूर्वमन्त्री निलाम्बर आचार्यको नियुक्तिको अन्तिम प्रक्रिया अघि बढेको छ।
आचार्यलाई गत बिहीबार भारतले सहमति पत्र (एग्रिमो) पठाएसँगै उनलाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने परराष्ट्र स्रोतले जनाएको छ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34