यी हुन् सामाजिक सञ्जालका सर्वाधिक ‘हिट पोष्ट’

social_media
लाेकपाटी न्यूज

काठमाडौं । सामाजिक सञ्जाल तथा सोसल नेटवकिङ वेबसाइ अहिले निकै प्रचलनमा  छ । जसमध्ये ट्वीटर, इन्स्टाग्राम, युट्युब बढी मात्रामा प्रयाेग भइरहेका छन् ।

यस्ता सोसल नेटवकिङ साइटलाई सरकारी कार्यालय, बैंक, राजनेता, व्यापारी, अभिनेता, तथा सर्व साधारणले पनि इच्छा उनुसार प्रयोग गर्दछन् । यसका उध्यमबाट उनीहरुले आफ्नो विचार सबै सामु राख्न सक्दछन् । सामाजिक सञ्जालमा धेरैले ख्याति कमाएका छन् तर सर्वाधिक प्रसिद्ध हुने व्यक्ति वा सामग्री यस्ता छन् ।

अमेरिकी टेलिभिजनकर्मी काइली जेनरले इन्स्टाग्राममा हालेको तस्बिर भर्खरै सबैभन्दा बढी मनपराइएको तस्बिरको सूचीमा पहिलोबाट दोस्रो स्थानमा झरेको छ । सामाजिक सञ्जालमा सबैभन्दा धेरै मन पराइएका तस्बिर वा व्यक्ति वा भिडिओ वा अन्य सामग्री कुन-कुन हुन् त ?

सबैभन्दा बढी मन पराइएको इन्स्टाग्राम तस्बिर एउटा अण्डाको सामान्य तस्बिर हो । अहिले यसलाई मन पराउनेको संख्या दुई करोड ८० लाख नाघेको छ । एउटा अण्डाको तस्बिर किन त्यति चर्चित भयो होला ? साँच्चिकै भन्नुपर्दा हामीलाई थाहा छैन तर मानिसहरूको त्यो अण्डाले मोहनी लगाएको भान हुन्छ ।

सबैभन्दा बढी मन पराइएको ट्वीट

सबैभन्दा बढी मन पराइएको ट्वीट अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाले राखेको तस्बिर हो । त्यसमा ओबामालाई केही बालबालिकाहरूले झ्यालबाट हेरिरहेका छन्। त्यो ट्वीट ४५ लाख जनाले मन पराएका छन् र त्यसमा ७० हजार जनाले प्रतिक्रिया दिएका छन्।

सबैभन्दा बढी रिट्वीट

जापानी युसाकु मिजावाले सबैभन्दा बढी रिट्विटको कीर्तिमान बनजाएका छन् । जापानी अर्बपति युसाकु मिजावाले सन् २०१९ मै सबैभन्दा बढी रिट्वीट गरिएको ट्वीटको रेकर्ड तोडे ।

जेनुअरी ५ मा उनले आफ्नो ट्वीट रिट्वीट गर्नेमध्ये एक सय जनालाई दश करोड जापानी येन दिने घोषणा गरेका थिए । दश करोड जापानी येन भनेको दश करोड ३८ लाख नेपाली रुपैयाँ हो । मिजावाको सो ट्वीटलाई रिट्वीट गर्नेहरूको संख्या ५० लाख नाघिसकेको छ ।

उनीभन्दा पहिले शीर्ष स्थानमा १८ वर्षीय कार्टर विल्किन्सन थिए । विल्किन्सनले २०१७ मा विन्डिज नामक भोजनालयसँग एक वर्षसम्म निस्शुल्क कुखुराको परिकार खान दिन अनुरोध गरेका थिए ।

    तस्विर

एक करोड ८० लाख जनाले मन पराएको यो तस्बिर जनवरी ४ मा दिन @world_record_egg नामको अकाउन्टबाट प्रेषित भएको थियो । विवरणमा लेखिएको थियो, “हामी सबै मिलेर विश्व रेकर्ड तोडौँ र यसलाई इन्स्टाग्राममा सबैभन्दा रुचाइएको तस्बिर बनाऊँ । अहिले काइली जेनरको नाममा रहेको एक करोड ८० लाखको रेकर्ड तोडौँ‘।’

जेनुअरी १३ सम्ममा त्यो तस्बिरले पुरानो कीर्तिमान भङ्ग गरिसकेको थियो । तर मानिसहरूले अझ त्यसलाई मन पराउने क्रम जारी छ ।

इन्स्टाग्राममा सबैभन्दा बढी मनपराइएको अकाउन्ट

इन्स्टाग्राममा सबैभन्दा बढी प्रयोगकर्ताले फलो गरेको अकाउन्ट कसको होला ? इन्स्टाग्रामको आफ्नै अकाउन्टलाई २७ करोड ५० लाख जनाले फलो गरेका छन्। यति सुनेपछि अब सूचीमा दोस्रो को त भन्ने पो थाहा पाउनुपर्ने हुन्छ । दोस्रोमा चाहिँ फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो रहेका छन् र उनलाई पछ्याउनेको सङ्ख्या १५ करोड १० लाख रहेको छ।

रोनाल्डोलाई पछ्याउनेहरूको संया यूकेको जनसङ्ख्या भन्दा दुईगुणा र नेपालको जनसंयाभन्दा पाँचगुणा बढी हो । गायिका सेलेना गोमेजलाई १४ करोड ४० लाखले पछ्याउँछन् भने अर्की गायिका अरियाना ग्रान्डेलाई १४ करोड २० लाखले पछ्याउँछन्।

युट्युबमा सबैभन्दा बढी हेरिएको भिडियाे

‘डेस्पासिटो’ भन्ने गीत धेरैले सुनेका छन्। त्यो गीतको भिडिओ युट्युबको सूचीमा सबैभन्दा माथि छ । यो भिडिओ अपत्यारितो लाग्नेगरी पाँच अर्ब ८८ करोड पटक हेरिएको छ ।

पृथ्वीको जनसंख्या सात अर्ब ८० करोड छ । यसर्थ ८० प्रतिशत मानिसले एक पटक हेरेजति पटक यो भिडिओ हेरिएको छ । तर यो भिडिओलाई धेरै पटक थुप्रैले हेरेका कारण त्यति नै मानिसले हेरेको मान्न सकिन्न ।

यो युट्युबमा सबैभन्दा बढी हेरिएको मात्रै होइन, सबैभन्दा बढी मन पराइएको भिडिओ पनि हो । यसलाई तीन करोड १५ लाख जनाले ‘लाइक’ गरेका छन्। एड शीरनको ‘शेप अफ यू’ भन्ने गीत चाहिँ तीन अर्ब ९९ करोड चोटि हेरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्