‘संसार जित्न आत्मविश्वास चाहिन्छ’ : श्रृङ्खला खतिवडा

Shrinkhala Khatiwada4
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल सुन्दरी शृङ्खला खतिवडाले शनिबार बिहान कलेजका विद्यार्थीसँग साक्षात्कार गरेकी छिन् । व्यक्तित्व विकासमा शिक्षाको भूमिका विषयमा उनले प्रिसिडेन्टियल बिजनेश कलेजमा अन्तक्रिया गरेकी हुन् ।

नेपाल सुन्दरी हुँदै विश्व सुन्दरी प्रतियोगितामा दुई अवार्ड जितेकी शृङ्खलाले कसरी आत्मविश्वासी बन्ने भन्ने विषयमा आफ्नो धारणा राखेकी थिइन् । विद्यार्थीहरुसँग उनले आफ्नो बाल्यकालदेखि विश्व सुन्दरी प्रतियोगितासम्मको अनुभव सुनाएकी थिइन् ।

आत्म विश्वासी भएकै कारण आफू केही हदसम्म सफल भएको उनले बताइन् । कलेजका विद्यार्थीले उनलाई दर्जनौ प्रश्नहरु गरेका थिए । तर, उनले सबैको जवाफ सुन्दर तरिकाबाट मात्र दिइनन्, आत्मविश्वासी बन्ने केही टिप्सहरु पनि दिइन् ।

‘संसार जित्ने योजनामात्र भएर हुँदैन, आत्मविश्वास चाहिन्छ’, उनले भनिन् । विद्यार्थीलाई आफ्नो भावी योजना बनाउँदा आत्मविश्वासी बन्न आग्रह गरिन् । विश्व सुन्दरी प्रतियोगितामा आफूले सबैभन्दा ठूलो कुरा आत्मविश्वासी बन्न सिकेको बताइन् ।

‘मैले जितेका अवार्डले केही समयमात्र चर्चा पाउँछन् । तर, ममाथि पैदा भएको आत्मविश्वास जीवनभर रहन्छ’, उनले भनिन् । बीबीएका विद्याथीहरुलाई जीवनको यात्रामा शिक्षाले कस्तो भूमिका खेल्छ भन्ने विषयमा उनले लामो चर्चा गरेकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्