धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ : डा. कोइराला

Shekhar Koirala
लाेकपाटी न्यूज
0 Shares

विराटनगर, १७ पुस । नेपाली काँग्रेसका नेपाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले काँग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे । उनले काँग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताए ।

‘नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,’ उनले भने । उनले धर्म र राजनीतिक अलग-अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे ।