लेस्टर सिटी विजयी

Lester City
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १८ पुस । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा इभर्टनलाई लेस्टर सिटीले १-० गोलले पराजित गरेको छ ।

लेस्टरका लागि विजयी गोल जेम्स भर्डीले गरेका थिए । जितसँगै लेइसेस्टर अंकतालिकाको सातौँ स्थानमा उक्लन सफल भएको छ ।

लेइसेस्टरको ३१ अंक रहेको छ भने दशौं स्थानमा रहेको इभर्टनको २७ अंक छ ।