आज पनि घट्यो नेप्से

Stock market
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ पुस । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से ५.४२ अंकले घटेर ११८०.४३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

घटेको बजारमा कालिका लघुबित्त वित्तीय संस्था, यूनाइटेड इन्स्योरेन्स कम्पनी, साल्ट टे«डिङ लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अरुण काबेली पावर लिमिटेड, हाथवे फाइनान्स कम्पनी, गुराँस फाइनान्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

स्टक एक्सचेञ्जका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर बढेको छ भने बाँकी ९ वटा समुहको परिसुचक घटेका छ । परिसुचक बढ्नेमा व्यापार २.७९ प्रतिशत र लघुवित्त ६.५९ प्रतिशतले बढेका छन् । यस्तै बैंकिङ चार दशमलव ४४, होटल पाँच दशमलव ७९, विकास बैंक तीन दशमलव शून्य एक, जलविद्युत् १२ दशमलव ६२, वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा आठ दशमलव ४३, उत्पादन नौ दशमलव २१, अन्य पाँच दशमलव ६८, जीवन बीमा ६८ दशमलव ३९ बिन्दुले घटेका छन् ।

त्यस्तै बुधबार कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । जसको सेयर मूल्यमा ९.४२ प्रतिशतले वृद्धि भएको छ भने अरुण काबेली पावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयर मूल्य ४.६६ प्रतिशतले घटेको छ ।

कुल १ सय ५४ कम्पनीको ७,५१,४११ कित्ता सेयर खरिद बिक्री हुँदा २५ करोड ७६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार चिलिमे हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीले बुधबार २ करोड २८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्