सडकमा रात बिताउनेलाई उद्धार गर्दै प्रहरी

Nepal Police
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १८ पुस । महानगरीय प्रहरी परिसर काठमाडौंले चिसोसँगै सडकमा रात बिताउन बाध्य भएका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार तथा पुर्नस्थापना अभियान मंगलबार रातिबाट सुरु गरेको छ ।

उक्त अभियानअन्तर्गत कालिमाटी, स्वयम्भु, सितापाइला क्षेत्रबाट मंगलबार राति ७ जना पुरुषको उद्धार गरी हिमालय वृद्धाआश्रम, गोंगबुमा राखिएको छ । उद्धार गरिएका व्यक्तिहरुको परिवार तथा आफन्तको खोजी, आवश्यक उपचार, परामर्श समेत गरी समाज तथा परिवारमा पुर्नस्थापना गर्ने कार्यमा विभिन्न संघसंस्थासँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको सडकलाई व्यवस्थित, सुरक्षित बनाउने र सडकमा जीवनयापन गर्न बाध्य मानिसहरुको जीवनमा परिवर्तन ल्याउने जस्ता मानवीय कार्य विभिन्न संघसंस्था, सरकारी निकायसँग समन्वय गरी निरन्तरता दिने कार्य जारी राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्