राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा लगानी गर्दै

central Bank
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले रु १ अर्ब ४८ करोड ३५ लाख लगानी गर्ने भएको छ । बैंक तथा वित्तिय संस्थाहरुमा राष्ट्रि बैंकले सो रकम लगानी गर्न लागेको हो । ३ सय ६४ दिने मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्ने बताइएको छ ।

बैंकले माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दति निक्षेपमा राख्न लागेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्नेछ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी आइतबार दिनको ३ बजेभित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम बुझाउनु पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्