सरकार एक्सनका साथ अघि बढ्दैछ : मन्त्री अर्याल

Padma Aryal-4
लाेकपाटी न्यूज
0 Shares

स्याङ्जा, १९ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले वर्तमान सरकार एक्सनका साथ अघि बढिरहेको बताएकी छन् ।

बिहीबार स्याङ्जाको फेदिखाेला गाउँपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भनिन्, ‘हामी समृद्धिकाे दिशामा छाैं, समृद्धि प्राप्त गर्ने माध्यम सहकारी हाे । त्यसमा पनि साना किसान । जनताको जीवन पीडायुक्त छ, पिढिमा रहेका जनतालाई काैशीमा पुर्‍याउने आन्दोलन सहकारी हाे ।’

उनले काम गर्ने मान्छे सधैं गरिब र नगर्ने धनी भएको भन्दै सम्पूर्ण समस्यालाई पहिचान गरेर अगाडि बढ्नुपर्ने पनि बताइन् । मन्त्री अर्यालले सरकारको बारेमा जनताको विभिन्न टिकाटिप्पणी आउनुलाई स्वाभाविक भएको भन्दै याेजनाबद्व तरिकाले सरकार अगाडि बढिरहेको बताइन् ।

‘हामीमाथि जनताको विभिन्न किसिमका टिकाटिप्णी आइरहेको छ । त्यो स्वाभाविक हाे,’ उनले थपिन्, ‘मत दिएका जनताले सरकारमाथि अपेक्षा राख्नु स्वभाविक हाे । जनताको गुनासो सरकारका लागि बल हाे । हामी एक्शनका साथ अघि बढ्दैछाैं, तयारी भइरहेको छ, जनताले दाेस्राे वर्षमा सरकार देख्नुहुन्छ, अहिले नै मूल्यांकन गर्ने बेला भएको छैन ।’

वर्तमान सरकार अलमलमा नरहेको भन्दै सरकारमा सहभागी सबै मन्त्रीले जनताको दुख बुझेर काम गरिरहेको निष्कर्ष उनको बुझाइ छ ।

तीनवटै स्थानीय, प्रदेश र संघलाई बलियो बनाउनुपर्ने समयमा सरकार आएको भन्दै संघीयतालाई सफल बनाउन सबै लाग्नुपर्ने मन्त्री अर्यालले जाेड दिइन् ।

भू-उपयाेग नीति संसद्मा परिमार्जनसहित पेश गर्न आफू लागिपरेको बताउँदै मन्त्री अर्यालले सबै जनतालाई ढुक्क भएर काम गर्न आग्रह गरिन् ।

वर्तमान सरकार अलमलमा नरहेको भन्दै सरकारमा सहभागी सबै मन्त्रीले जनताको दुख बुझेर काम गरिरहेको उनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्