रोनाल्डोलाई ग्लाेब सकर अवार्ड

Cristiyano Ronaldo
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ अवार्ड हात पारेका छन् । सन् २०१८ को उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले यस अवार्ड हात पार्न सफल भएका हुन् ।

बिहीबार राति ग्लोब सकर आयोजकले दुबईमा रोनाल्डोलाई उक्त अवार्ड प्रदान गरेको थियो । यस्तै सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जित्न उनकै पोल्टामा पर्‍यो । रियल मड्रिडमा छँदा च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध रोनाल्डोले गरेको ओभर हेड गोल उत्कृष्ट साबित भएको थियो ।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सका डिडीयर डेस्च्याम्पले लगे । रसिया विश्वकपमा उनले फ्रान्सलाई उपाधि दिलाएका थिए ।