वाइडबडी प्रकरण : ‘उपसमितिकै सिफारिस लागू हुनुपर्छ’

Nepal Airlines
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, २१ पुस । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणमा भ्रष्टाचार भएकाले त्यसमा सङ्लग्न दोषीलाई प्रचलित कानूनअनुसार कारवाहीको माग गरिएको छ ।

रिपोर्टर्स क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा सार्वजनिक लेखा समिति, उपसमितिका सदस्यहरुले मुलुकको विकास र समृद्धिका लागि यस किसिमका भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

सार्वजनिक लेखा समितिका सदस्य तेजुलाल चौधरीले उक्त प्रकरणमा भ्रष्टाचार भएको दावी गर्दै संसदीय उपसमितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीको सिफारिस गरिने बताए ।

अर्का सदस्य विशाल भट्टराईले नेपाल वायुसेवा निगमले पछिल्लो पटक विमान खरिदमा अनियमितता भएको र बदमासी गर्ने जो कोहीलाई पनि कारवाही हुने बताउँदै त्यस घटनामा जोडिएका अन्य दोषीको पनि सुक्ष्म अध्ययन गरिने बताए । प्रतिवेदनमा भएका भाषा लगायत त्रुटीलाई सच्चाउनु पर्नेमा उनले जोड दिए ।

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री सञ्जय गौतमले उक्त प्रकरणमा अनियमितता भएका कारण आफूले सो विषयलाई संसदमा उठाएको कारवाहीको माग गरे । उपसमितिका सदस्य चन्दा चौधरीले वाइड बडी प्रकरणको छानबिनका क्रममा विमान खरिदका लागि दिइएको रकमको बिल उपलब्ध नगराइएको बताए ।

उनले २४२ मेट्रीक टनको सम्झौता गरी २३० मेट्रीक टन ल्याउने प्रयत्न गरिएका लगायत कारणले अनियमितता पुष्टि भएको विचार व्यक्त गर्दै भ्रष्टाचारको अन्त्य गर्नका लागि दोषीलाई दण्डित गर्नुपर्ने बताइन् ।