मालपोत कार्यालयका नासु घुससहित रङ्गेहात पक्राउ

arrest
लाेकपाटी न्यूज
0 Shares

महोत्तरी, २० माघ । रु. १० हजार घुससहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु. १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेबापत एक सेवाग्राहीसँग रु. १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ । पक्राउ परेका नासु कार्की केही महिना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्