मौसमका कारण राष्ट्रपतिको भ्रमण स्थगित

bidhyadevi bhandari
लाेकपाटी न्यूज
0 Shares

वीरगञ्ज, १९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको वीरगन्ज आउने कार्यक्रम स्थगित भएको छ। वीरगञ्जमा आजदेखि शुरु हुने अश्वमेध महायज्ञको उदघाटनका लागि वीरगन्ज आउने कार्यक्रम प्रतिकूल मौसमका कारण स्थगित भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आजबाट शुरु हुने अश्वमेध गायत्री महायज्ञको राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको थियो। आजबाट मौसममा आएको परिवर्तनले सुरक्षामा चुनौती देखिएकोले वीरगञ्ज आउने कार्यक्रम स्थगित भएको हो।

पछिल्लो पटक हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागकिर उडडयन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएपछि अति विशिष्ट व्यक्तिहरुको सवारीमा सुरक्षा सावधानी नअपनाइएको भन्दै आलोचना हुन थालेको छ। राष्ट्रपति नआउने भएपछि अश्वमेध महायज्ञको गायत्री परिवारका प्रमुख प्रणव पाण्डे र शैलदिदीले उद्घाटन गर्ने अश्वमेध मूल आयोजक समितिका संयोजक एवं वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिए।

वीरगञ्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञको पुर्वसन्ध्यामा सबै तयारी पूरा भई वीरगञ्ज शहरसंगै महायज्ञ स्थल आदर्शनगर खेलमैदान दुलहीझैं सिंगारिएको छ। शुक्रबारदेखि नै आगन्तुक पाहुनाहरुलाई स्वागत तथा सत्कारका लागि पनि टोली परिचालन गरिसकिएको छ।

नेपाल–भारतको करिब १० हजार सहभागीहरु वीरगञ्ज आइसकेको तथा अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्ड्या तथा सोही परिवारकी प्रमुख शैलबाबा पाण्डया तथा पुजारीहरुको वीरगञ्जमा विशेष स्वागत गरी नेपालको सबै ठाउँबाट तथा भारतका बिहार, यूपी, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हिरयाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातलगायत विदेश गरी ४० मुलुकका श्रद्धालुहरु आउने दावी गरिएको छ।