हल छिर्दै शान्ता चौधरीले भनिन् : ‘म एकदमै उत्साहित छु’

Shanta Chaudhary Exam
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाकी नेतृ एवं सांसद शान्ता चौधरीले आफू एसइइको परीक्षामा सहभागी हुँदा उत्साहित भएको बताएकी छिन्। परीक्षा हलमा छिर्नुपूर्व फेसबुक स्टाटस लेख्दै चौधरीले आफू उत्साहित भएको बताएकी हुन्।

आजबाट देशभरि एसइइको परीक्षा सुरु भएको छ। चौधरीसँगै उनकी छोरीले पनि परीक्षा दिँदैछिन्। पूर्वकमलरी सांसद चौधरीले परीक्षाको तनावले आफू बिरामी परेको बताएकी थिइन्। उसअघि उनले कामको चाप र परीक्षाको तनावले बिरामी परेको बताएकी हुन्।

तर, आइतबार बिहान भने उनी उत्साहित भएर परीक्षा हल छिरेकी छिन्। उनले सबैलाई सफलताको शुभकामनासमेत दिएकी छिन्। यस्तो छ नेतृ चौधरीको फेसबुक स्टाटस।

आजबाट सुरु हुने एसइइ परीक्षामा सामेल हुन जाँदैछु। परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन, शुभेच्छुक, शुभचिन्तक र मिडियाकर्मी मित्रहरुले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ, ढाडस दिइरहनु भएको छ, यसले मलाई थप हौसला मिलेको छ। म लगायत हामी सम्पूर्ण परिक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्