तपाईंको इन्स्टाग्राम पासवर्ड ह्याक भएकाे त छैन ? फेसबुकले गर्‍यो यस्ताे खुलासा

insta
लाेकपाटी न्यूज

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले गत महिना ‘दशौं लाख’ इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएको जनाएको छ ।

फेसबुकले गत महिना भएको पासवर्डसँग सम्बन्धित घटनाबाट इन्स्टाग्राका दश लाख प्रयोगकर्ता प्रभावित भएको पुष्टी गरेको हो । इन्स्टाग्रामको स्वामित्व रहेको सामाजिक सञ्जाल कम्पनी फेसबुकले एक ब्लग सार्वजनिक गर्दै यसको पुष्टि गरेको हो । यसअघि फेसबुकको पासवर्डसँग सम्बन्धित घटनाबाट दशौं हजार प्रयोगकर्ता प्रभावित भएको बताइएको थियो ।

‘हामीले हालै इन्स्टाग्रामका पासवर्डहरु रिडेबल फम्र्याटमा स्टोर गरेको पत्ता लगाएका छौं ।’ कम्पनीले जनाएको छ, ‘हाम्रो अनुमान अनुसार यसबाट दशौं लाख इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएका छन् । यसबारे हामी हाम्रा प्रयोगकर्तालाई सूचना दिनेछौं ।’‘हाम्रो अनुसन्धानले स्टोर भएका ती पासवर्डहरु आन्तरिक रुपमा दुरुपयोग भएको वा ती पासवर्डमा कसैले पहुँच पुर्याएको भेटेका छैनौं ।’ फेसबुकले ब्लगमा लेखेको छ ।

फेसबुकले यस घटनाबाट कति लाख प्रयोगकर्ता प्रभावित भए भन्नेबारे भने केही खुलाएको छैन । अघिल्लो महिना फेसबुकले आफ्ना प्रयोकर्ताका लाखौं पासवर्डहरु वर्षौंसम्म पढ्न सकिने रिडेबल फम्र्याटमा स्टोर गरेर राखिएको स्वीकार गरेको थियो ।

ती पासवर्डहरु केबल २ हजार प्राविधिकको पहुँचमा मात्र रहेको बताउँदै फेसबुकले त्यसको दुरुपयोग भने नभएको दाबी गरेको थियो । यद्यपि कसरी यस्तो हुन गयो भन्ने बारे भने फेसबुकले केही जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्