पहाड फोडेर मध्यपहाडी लोकमार्ग बनाइँदै

lokmargha-1.jpg01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ८ वैशाख । स्थानीय तहमा जनप्रतिनिधि आएपछि अहिले गाँउ– गाँउमा बाटो खोल्ने क्रम निक्कै तिव्र गतिमा अगाडी बढेको छ । यस्तै पहाडी भाग हुँदै काठमाडौंलाई जोड्नका लागि मध्यपहाडी लोकमार्गको निर्माण धमाधम चलिरहेको छ ।

यसैबीच अहिले सिन्धुपाल्चोकमा अहिले ट्य्राक खोल्ने क्रम जारी छ। करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको छ ।

पूर्वमा नेपाल–भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल–भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ । यो लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्