प्रदर्शनकारीविरुद्ध प्रहरीको अश्रुग्यास, तीन प्रहरीसहित आधा दर्जन घाइते

police
लाेकपाटी न्यूज
0 Shares

मोरङ, १० वैशाख । मोरङको पथरीमा प्रहरीविरुद्ध स्थानीयले प्रदर्शन र विरोध गरेका छन्। शनिबार मृत अवस्थामा भेटिएकी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रिना बस्नेतको हत्या भएको भन्दै दोषीलाई कारबाही माग राख्दै स्थानीय आन्दोलित भएका हुन्।

स्थानीयले इलाका प्रहरी कार्यालय पथरीमा नाराजुलुस गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र हवाइफायर गरेको छ। प्रहरीले प्रदर्शनकारीविरुद्ध २८ सेल अश्रुग्यास प्रहार गरेको छ। सो क्रममा तीन प्रहरीसहित आधा दर्जन स्थानीय घाइते भएका छन्। प्रदर्शनकारीहरुमा स्थानीय महिलाहरुको संख्या धेरै रहेको बताइएको छ। बस्नेतको हत्या कि आत्महत्या भन्ने नखुले पनि स्थानीयले भने हत्या भएको दाबी गरेका छन्।

प्रदर्शनकारीले सडकमा टायर बालेर विरोध गरेका थिए। प्रजर्शनसँगै राजमार्गमा अवरोध भएकोमा १ घण्टाका लागी बाटो खुलेको छ। बस्नेत शनिश्चरे १ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएकी थिइन्। उनी गत ७ गते आफ्नै कोठा अगाडि निर्वस्त्र अवस्थामा मृत भेटिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्