आँधी तुफानको उच्च जोखिम : सचेत रहन आग्रह

tufan.jpg01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ वैशाख । आँधी तुफानको उच्च जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरिएको छ। भारतीय मौसम विभागले बंगलाको खाडिबाट आउने फेनी तूफानलाई लिएर यस्तो चेतावनी दिएको हो ।

यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको छ । फेनी तुफान उत्तर–पश्चिमा झन बढ्ने सम्भावना रहेको र त्यसपछि विस्तारै यो उत्तर–पूर्व बढ्नेछ । मौसम विभाग चेन्नईका अधिकारी एस बालचन्द्रनका अनुसार आइतबार राति र सोमबार विहानसम्म चक्रवाती तूफान तेज हुने सम्भावना रहेको छ ।

यस्तो तूफान ३० अप्रिल र १ मे सम्म तामिलनाडु र दक्षिण आन्ध्र तट को छेउमा पुग्न सक्ने पनि उनले बतए । चक्रवाती तूफान मे १ पछि आफ्नो दिशा फेर्ने र उत्तर पूर्वमा बढ्ने भारतिय मिडियामा उल्लेख छ । चक्रवाती तूफान (फानि) बंगालका खाडि र छिमेकी दक्षिण–पूर्वी खाडी मा ५ः३० बजे सम्म केन्द्रित रहने , जुन त्रिकोमाली (श्रीलंका) बाट लगभग सात सय ४५ किलो मिटर पुर्वमा रहेको चेन्नई (तामिलनाडु) बाट एक हजार ५० किलोमिटर दक्षिण – पूर्व मा र तमिलनाडु दक्षिण–पूर्व मा मछलीपट्टनम (आन्ध्र प्रदेश) बाट एक हजार दुईसय ३० टाढा रहेको छ ।

मौसम विभागले चक्रवाती तूफान फेनीलाई लिएर शुक्रबार केरलमा रेड अर्लट जारी गरेको थियो । हिन्द महासागर र बंगालका खाडिमा कम दबाव क्षेत्रबाट बनेको फनी चक्रवातले केरलका तटवर्ती इलाकामा भीषण तूफानसंगै पानि पर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्