मोदीले चुनाव हार्ने निश्चित भयो : राहुल गान्धी

Rahul Gandhi
लाेकपाटी न्यूज
0 Shares

नयाँ दिल्ली, २१ वैशाख। भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले आधा चुनाव पछि प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव हार्ने निश्चित भएको बताएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै राहुलले यस्तो बताएका हुन्।

महागठबन्धन र भोट काट्ने सवाललाई लिएर राहुलले भने, ‘हाम्रो पहिलो लक्ष्य भनेको नै भाजपालाई हराउनु हो।’ कांग्रेस अध्यक्ष राहुलले राफेल डिलदेखि मसूद अजहरलाई लिएर सञ्चारमाध्यमको सवालमाथि पनि जवाफ दिएका छन्।

‘चुनाव आधाभन्दा धेरै सकिएको छ। स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन्। किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ’, राहुलले भने।

उनले भने, ‘हामीले मोदीसँग चार \ पाँच चुनाव लडिसकेका छौँ। जब उनलाई लाग्छ कि उनी चुनाव हार्दैछन्, उनी ध्यान हटाउन केही नयाँ गरिरहेका हुन्छन्।’  राहुलले भारतीय चुनाव आयोगमाथि पनि टिप्पणाी गरेका छन्।

उनले भने, ‘चुनाव आयोगले दुई किसिमको नियमबाट काम गरिरहेको छ। जहाँ सत्ता पक्ष भाजपाका लागि एउटा नियम छ भने विपक्षी पार्टीका लागि एउटा नियम छ। चुनाव आयोगमाथि पनि भाजपाको दबाब रहेको छ।’ मोदीजीको प्रधानमन्त्रीको आयु अब १५ देखि २० दिनसम्मको मात्र छ। अब प्रधानमन्त्री को हुन्छ ? यो देशका नागरिकले तय गर्नेछन्’, राहुलले भने। (एजेन्सी)