मुस्लीम धार्मिक स्थलबाहिर विस्फोट, पाँचको मृत्यु

pakisthan Blast
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी। पाकिस्तानमा मुस्लीम धार्मिक स्थलबाहिर विस्फोट भएको छ। पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका हुन्।

पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। तिनमा प्रहरीहरू पनि छन्।अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन्। प्रा

रम्भिक विवरणहरूका अनुसार विस्फोटन दाता दरबार सुफी दरगाहनजिकै भएको थियो। विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू पुगेका छन्। रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रवन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्