चीनलाई गोप्य सूचना बेचेको आरोपमा अमेरिकी गुप्तचरलाई २० वर्ष जेल

pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५जेठ। अमेरिका र चीनबीचको सम्बन्धमा यतिबेला विश्वले ध्यान दिईरहेको छ। यदी दुबै देशबीच व्यापारिक युद्ध बढिरहँदा छिमेकी देशहरुलाई समेत चिन्तामा पारेको छ। व्यापारिक युद्धमा नै यी दुबै देशले एक अर्कामाथि विभिन्न खाले आरोप प्रत्यारोप लगाईरहेको छ।

अमेरिका चीनलाई व्यापारिक युद्ध गरेर दबाउँने रणनीतिमा छ भने चीन कुनै पनि हालतमा नझुक्ने अडानमा छ। यसबीच अमेरिकी गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकृतलाई चिनियाँ गुप्तचरलाई गोप्य सैन्य सूचना उपलब्ध गराएको आरोपमा २० वर्ष जेल सजाय फैसला भएको छ। अमेरिकी न्याय मन्त्रालयका अनुसार दुई सातासम्म चलेको सुनुवाइमा ६२ वर्षीय केभिन म्यालोरी चीनलाई गोप्य सैन्य सूचना उपलब्ध गराएको लगायतका आरोपहरुमा दोषी मानिएको हो।

चीनियाँ भाषा बोल्न पारङ्गत म्यालोरीले उच्चस्तरीय सुरक्षा जाँचपास पाएका थिए र उनको पहुँच संवेदनशील दस्तावेजसम्म थियो।गोप्य विवरणहरू चीनलाई २५ हजार अमेरिकी डलरमा बेचेको भन्दै उनलाई दोषी ठहराईएको हो। अभियोजनको क्रममा प्रस्तुत गरिएका प्रमाणमा एउटा भिडिओ पनि थियो। त्यसमा एउटा हुलाक कार्यालयमा उनले गोप्य विवरणहरू स्क्याम गरेर डिजिटल मेमोरी कार्डमा सारेको देखिन्थ्यो।

उनी सन् २०१७ को मार्च र एप्रिल महिनामा एक चिनियाँ एजेन्टलाई भेट्न साङ्घाई पुगेको न्याय मन्त्रालयको दाबी छ।
यसबारेमा बोल्दै अमेरिकी न्यायाधिवक्ता जाखरी टर्विलगर विज्ञप्तिमा भनेका छन् “म्यालोरीले देशलाई ठूलो जोखिममा मात्र पारेनन्, उनले त देशको प्रतिरक्षाका भरमा सुरक्षित ठान्ने मानिसहरूलाई पनि जोखिममा पारे।

नागरिक विश्वासको उल्लङ्घन वा राष्ट्रिय सुरक्षामा सम्झौता गर्दा के हुन्छ भन्ने यस घटनाको सन्देश जोकोहीमा जानुपर्छ”। म्यालोरीले सरकारी निकायका थुप्रै संवेदनशील पदधारण गरेका थिए। उनले सीआईएका लागि गोप्य मुद्दा अधिकृत र डिफेन्स इन्टन्र्याश्नल एजेन्सी (डीआईए) का लागि गुप्तचर अधिकृतका रूपमा काम पनि गरेका थिए।सहायक महान्यायाधिवक्ता जोन डेमर्सले सजाय सुनाइएपछि भने “यो भूतपूर्व अमेरिकी गुप्तचर अधिकृतहरूलाई चीनले निसाना बनाइरहेको एउटा खतरनाक क्रम देखिने घटना हो जहाँ उनीहरूले आफ्नै देश र सहकर्मीहरूलाई धोका दिइरहेका छन्” । (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्