पर्यटक सवार बसमा विस्फोट, १६ घाइते

pic
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ जेठ। पर्यटक चढेको बसलाई लक्षित गरी इजिप्टमा गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो।बिस्फोटका कारण बसमा क्षति भएको छ।

बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ गरी २८ जना रहेको बताइएको छ।विस्फोटले घटनास्थल नजिक रहेको कारमा पनि क्षति पुगेको छ। घटनाको जिम्मेवारी कसैले लिएको छैन। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्