अब नेपालमा भूमि बैंक आउने, के हो भूमि बैंक ?

Yubraj khatiwada
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ जेठ। कृषि क्षेत्रको विकासका लागि भूमि बैंक आउने भएको छ। कृषि क्षेत्रको विकास विस्तार एवम् आधुनिकीकरण गर्ने उद्देश्यले सरकारले भूमि बैंकको व्यवस्था गर्न लागेको हो।

बिहीबार बजेटमाथिको छलफल तथा पत्रकार सम्मेलनका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि क्षेत्रको उत्थानमा हरेक क्षेत्रबाट प्रयत्न गरिने बताउका छन्। कृषि क्षेत्रतर्फ आम नागरिकको आकर्षण बढाउन र उत्पादकत्व वृद्धि गर्दै मुलुकको अर्थतन्त्र मजबुद पार्न सरकारले सबै खाले स्रोत साधनको परिचालन गर्ने नीति लिएको मन्त्री खतिवडाले बताए।

‘कृषि क्षेत्रमा ठूलो चुनौती रहेको छ। यस क्षेत्रमा आधुनिकता ल्याएर उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर हुने र बाँकी निर्यात गर्ने दिशातर्फ जानु पर्छ। त्यसका लागि हामीले आधुनिक कृषि प्रणालीको अवलम्बन गर्नु आवश्यक छ। त्यसका लागि नयाँ आर्थिक वर्षमा कृषि प्राथमिकतामा परेको छ,’ उनले भने, ‘कृषि क्षेत्रकै विकासमा सरकारले भूमि बैंकको व्यवस्था गर्ने नीति लिएको छ । यसले कृषि योग्य जमिन बाझो रहने र राख्ने समस्या हट्ने सरकारले अपेक्षा लिएको छ।’

कुनै किसानले कृषिकर्म गर्न नसके आफ्नो भूमि बैंकको जिम्मामा दिने र बैंकले कृषि गर्ने वा अरु कृषकलाई भूमि उपलब्ध गराउने व्यवस्था नै भूमि बैंक हो। यसले भूमी बाँझो रहन दिँदैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्