विद्युत् प्राधिकरणले दुई सबस्टेसन सञ्चालनमा ल्यायाे

sub station
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं, २१ जेठ । नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि दुईवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।प्राधिकरणले सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारका ३३ र ११ केभी सबस्टेसन परीक्षणपछि सञ्चालनमा ल्याइएको हो।

२०६७ जेठबाट बाँकेको धामपुरमा निर्माण सुरु गरेको सबस्टेसनको निर्माण तथा परीक्षण सम्पन्न भएपछि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। एसियाली विकास बैंकसँग मिलेर सबस्टेसन निर्माणलाई तीव्रता दिएको प्राधिकरणले यसअघि नै झापाको घैलाडुब्बा, कैलालीको हसुलिया सबस्टेसन सञ्चालनमा ल्याइसकेको छ।

चालू आर्थिक वर्षभित्रै कुनै अवरोध सृजना नभएर पाँचवटा सबस्टेसन निर्माण सकी सञ्चालनमा ल्याउने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए। सञ्चालनमा आएको सबस्टेसनबाट बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका करिब ९५ हजार सर्वसाधारण लाभान्वित हुनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्