महिला सांसदलाई थप्पड हान्ने पक्राउ

kenya samsad
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ३१ जेठ । एक सांसदले आफ्नी महिला साथी सांसदलाई थप्पड हानेपछि पक्राउ गरिएको छ। केन्यामा थप्पड हान्ने सांसदको नाम राशिद कासिम हो र जुन महिला सांसदलाई थप्पड हानिएको छ उनको नाम फातुमा गेडी हो।

रिपोर्टका अनुसार फातुमाले राशिदको संसदीय क्षेत्रका लागि रकम विनियोजन नगरेका कारण उनलाई थप्पड हानिएको बताइएको छ। घटनापछि फातुमा गेडीका ती तस्बिर ट्वीटरमा सेयर गरिँदै छ जसमा उनी रोइरहेको देखिएकी छिन्। उनको मुखबाट रगत पनि निस्किएको देखिएको छ।

फातुमाको पिटाईपछि महिला सांसदले आफ्नो विरोध जनाउनका लागि संसदबाट बाहिरिएका थिए। मिडिया रिपोर्ट अनुसार राशिदले फातुमालाई संसद भवनको कार पार्किङमा थप्पड हानेका हुन्। उनी फातुमालाई उनको संसदीय क्षेत्रका लागि रकम विनियोजन किन नगरेको भन्दै प्रश्न गरिरहेका थिए।

सांसद सबिना वान्जिरु चेगले बीबीसीसँगको कुराकानीमा घटनाको विषयमा पुरुष सांसदले महिला सांसदको मजाक उडाएको जानकारी दिइन्। सबिनाले भनिन्, ‘केही पुरुष सहकर्मी हामी भए ठाउँ आएर हामीमाथि हाँस्न थाले र आज ‘थप्पड दिवस’ भएको बताउन थाले। उनीहरुले महिलाको व्यवहार ठिक हुनुपर्ने र पुरुषको अगाडि कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकार हुनुपर्ने बताए।’

सबिना वान्जिरुले भनिन्, ‘हामी सबै सांसद हौं र हामीहरु उनीहरुभन्दा कुनै पनि हालतमा कमजोर छैनौं।’ उक्त घटनापछि सबै महिला सांसद रिसाउँदै संसदबाट बाहिरिए र राशिद कासिमको गिरफ्तारीको माग गरे। पछि कासिमलाई हिरासतमा लिइयो। अभियुक्त सांसद राशिद कासिमको यो मामलामा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। उक्त घटनापछि केन्याको सोसल मिडियामा उनीमाथि कडा कारवाहीको माग भइरहेको छ। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्