शिक्षक लाइसेन्सका लागि आवेदन खुल्यो

tsc
लाेकपाटी न्यूज

काठमाडौं। शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको हो।

दरखास्त अनलाइनमार्फत पनि दिन सकिने छ। त्यसका लागि आयोगको वेबसाइटमा गएर आवेदन गर्न सकिने छ। दरखास्त दिने मिति यही असार २२ गतेसम्मका लागि तोकिएको छ । त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ।
विज्ञापन हेर्नुहाेस्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्